सप्तरी- खडक नगरपालिका–३ सप्तरीका ३५ वर्षीय एक पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएका मिर्गौलापीडित ती पुरुषको बिहान ६ बजेर १० मिनेट जाँदा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकाेटाले जानकारी दिए।
एक वर्षदेखि मिर्गौला रोगबाट पीडित युवकले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा नियमित डायलासिस सेवा लिइरहेका थिए। भदाै २८ गते काेराेना पाेजिटिभ पुष्टी भएका उनकाे स्वास्थ्य गम्भीर भएपछि भदाै ३० गते धरान लगिएकाे थियाे।
उच्च रक्तचापको पनि समस्या रहेका उनले सातामा दुइ पटक डायलासिस गराइरहेका थिए।