काठमाडौं - धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डा गोविन्द केसी ऐक्यवद्धता समूहले डा गोविन्द केसीको अनसनमा ऐक्यवद्धता जनाएका छन्।
समूहले विज्ञप्ति जारी गरी डा केसीको अनसनमा ऐक्यवद्धता जनाएका हुन्। डा केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यथाशिघ्र चिकित्साशास्त्रको स्नातक तहको अध्ययन सुरु गर्नुपर्ने सहित महत्वपूर्ण मागहरु उठाएको भन्दै ऐक्यवद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ।
डा केसीले उठाएका मागहरु तत्काल पुरा गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीको जीवनरक्षाका लागी सरकारले ठोस कदम नचालेर उहाँको जीवनमाथि खेलवाड गर्दैछ। सरकारले राजनीतिक अस्तिरताको जालोबाट बाहिर निस्केर डा केसीले उठाउनुभएका सम्पूर्ण मागहरूलाई यथाशीघ्र सम्बोधन गर्नुपर्ने समय घर्किदै गइरहेको छ।’
समयमै मागहरु पुरा गरेर डा केसीको जीवन रक्षा गर्न उनीहरुले सरकारलाई आग्रह गरेका छन्।