काठमाडौं- देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ सय ६० जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ३७ जना भेन्टिलेटरमा र २२३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १३३ जना आइसियु र ३२ जना भेन्टिलेटर, प्रदेश ५ मा ३८ जना आइसियु र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ११ जना आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै प्रदेश २ मा २०, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १५ आइसियुमा उपचाररत रहेका छन्।