काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। 
सोमबार १९ हजार ६ सय २४ जना संक्रिय संक्रमितमध्ये १० हजार ९ सय २९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ६ हजार ३ सय ४९ जना होम आइसोलेसनमा छन्। 
त्यस्तै प्रदेश १ मा  १ हजार ४ सय ३४, प्रदेश २ मा ७ सय २५, प्रदेश ५मा १ हजार ५ सय ४१, सुदूरपश्चिम प्रदेशमा १४९, गण्डकी प्रदेशमा ४८९ र कर्णाली प्रदेशमा २४२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।