काठमाडौं - सुदूरपश्चिम प्रदेशको स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रको प्रमुखमा डा निरज अर्याल नियुक्त भएका छन्।
मन्त्रिपरिषदको बैठकले निर्णय गर्दै डा अर्याललाई केन्द्रको प्रमुखमा नियुक्त गरेको हो। डा अर्याल सेती प्रादेशिक अस्पतालमा वरिष्ठ कन्सल्टेण्ट रेडियोलोजिष्टमा कार्यरत थिए। उनले बुधबार पत्र पाएका छन्।
बिहिबारदेखि केन्द्रको प्रमुखको रुपमा पद वहाली गर्ने डा अर्यालले जानकारी दिए। उनी १० औं तहका कर्मचारी हुन्।