समाचार

पूर्व प्रधानमन्त्री झलनाथ खनालको फोक्सोमा पानी जमेकाले श्वासप्रश्वासमा समस्या : ह्याम्स अस्पताल

काठमाडौं-  पूर्व प्रधानमन्त्री झलनाथ खनालको  फोक्सोमा पानी जमेको कारण श्वासप्रश्वासमा समस्या आएको बताइएको छ।

खनालको उपचार भइरहेको ह्याम्स अस्पतालले जारी गरेको प्रेस नोटमा उनको शरीरमा पानीको मात्रा बढी हुनुका साथै दुबै फोक्सोमा पानी जमेको कारण श्वासप्रश्वासमा पानी जमेको उल्लेख छ।

अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माका अनुसार उनको कोरोना भाइरस परीक्षणको पिसिआर रिर्पोट नेगेटिभ आएको छ।

अस्पतालका अनुसार खनालको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको र यही गतिमा प्रगति भएमा केही दिनमा डिस्चार्ज  हुनेछ।

उनको उपचारमा डा अर्जुन कार्की, डा रक्षा पाण्डे, र डा राजु पंगेनीको टोली खटिएको जनाइएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने