काठमाडौं- देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
शुक्रबार ३७ हजार ३ सय ८२ जना संक्रिय संक्रमित मध्य २५ हजार ४६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १५ हजार ९ सय ६८ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा ४ हजार ६५, प्रदेश २ मा ७ सय ३२, लुम्बिनी प्रदेशमा २ हजार १ सय ६५, सुदूरपश्चिम प्रदेशमा ४ सय ७०, गण्डकी प्रदेशमा ९३० र कर्णाली प्रदेशमा ७१६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।