मुख्य समाचार

पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना कोरोनामुक्त

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ४६  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिएको छ।  

यो सँगै नेपालमा  एक लाख ८ हजार ३ सय ३४ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ६९ दशमलभ ८ प्रतिशत रहेको छ। 

मन्त्रालयका अनुसार देशभर १३ हजार ४६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १३ लाख ८० हजार ८ सय ६२ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार ३ हजार ३ सय २२ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ४६ हजार ५७  जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने