काठमाडौं— नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा कोरोना संक्रमित भएपछि ग्रान्डी अस्पतालको आइसियुमा उपचाररत रहेका छन्।
विश्वकर्मालाई कार्तिक १ गते कोरोना संक्रमण देखिएको थियो। श्वासप्रश्वासमा समस्या आएपछि विश्वकर्मा वीर अस्पताल भर्ना भएका थिए। स्वास्थ्यमा थप जटिलता आएपछि उनलाई ग्रान्डी सारिएको थियो।
विश्वकर्माको उपचारमा संलग्न एक चिकित्सका अनुसार उनमा अक्सिजनको कमि देखिएको छ। कोभिड–१९ ले फोक्सोमा समेत असर देखाएको चिकित्सकले जानकारी दिए। चारदिन अघिदेखि विश्वकर्मालाई आइसीयुमा राखिएको बताइएको छ।
पूर्वमन्त्रीसमेत रहेका विश्वकर्मा नेपाली कांग्रेसको दलित संघका अध्यक्ष हुन्।