समाचार

डोटी जिल्ला अस्पतालमा आइसियु र भेन्टिलेटर जडान गरिँदै

डोटी- डोटी जिल्ला अस्पतालमा पहिलोपटक आइसियु र भेन्टिलेटर शय्या जडान गरिने भएको छ। सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्ला अस्पतालमा दुई वटा आइसियु र दुई भेन्टिलेटर उपलब्ध गराएको हो ।

विशेषज्ञसहितको उपचार सेवा प्रदान गर्दै आएको सो अस्पतालमा आइसियु तथा भेन्टिलेटर नहुँदा बिरामीलाई अन्य जिल्ला पठाउनु पर्ने बाध्यतालाई ख्याल गरी प्रदेश सरकारले जिल्लामै उपचार गराउन आइसियु र भेन्टिलेटरसहितको शय्या उपलब्ध गराएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए।

डा जोशीका अनुसार सामाजिक विकास मन्त्रालयबाट उपलब्ध भएका ती शय्याहरु जिल्लामा पुगिसकेको र आइतबारदेखि जडान कार्य शुरु हुनेछ। प्रदेश सरकारको सहयोगमा केही महिना पहिले अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि पिसीआर मेसिन जडान गरिएको थियो। रासस 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने