काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितमध्ये १० वर्ष मुनिका ५ हजार ४ सय भन्दा बढी बालबालिकामा संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ लाख १० हजार ९ सय ७३ जना कोरोना संक्रमितमध्ये ५ हजार ४ सय ९६ जना बालबालिकामा कोरोना भाइरस संक्रमण देखिएको हो।
तीमध्ये २ हजार २ सय ५० जना बालिका रहेका छन् भने ३ हजार २ सय ४६ जना बालक रहेको मन्त्रालयले जनाएको छ।
सबैभन्दा बढी बाग्मती प्रदेशमा २ हजार ७ सय ५८ जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्।
त्यस्तै प्रदेश १ मा ५३२, प्रदेश २ मा ४४०, गण्डकी प्रदेशमा २५०, लुम्बिनी प्रदेशमा ५७१, कर्णाली प्रदेशमा २१०, सुदूरपश्चिम प्रदेशमा ७३५ जना बालबालिका संक्रमित भएको मन्त्रालयले जनाएको छ।
ताप्लेजुङ, सोलुखुम्बु, तेह्रथुम, पाँचथर र मनाङ गरी ५ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन।
१० वर्ष मुनिका संक्रमित बालबालिका, कुन जिल्लामा कति?
संखुवासभामा १ जना बालिका २ जना बालक
ओखलढुंगामा एक जना बालिका
खोटाङमा २ जना बालिका १ जना बालक
भोजपुरमा १ जना बालिका
धनकुटामा १ बालक
इलाम ६ बालिका १ बालक
झापामा १४ बालिका र २७ बालक
मोरङमा १३३ बालिका र १८ बालक
सुनसरीमा ७४ बालिका र ८३ बालक
उदयपुरमा ३ बालिका १ बालक
सप्तरीमा १९ बालिका र ४७ बालक।
सिराहमा ४ बालिका र १७ बालक।
धनुषामा १८ बालिका र ४६ बालक।
महोत्तरीमा ९ बालिका ३२ बालक।
सर्लाहीमा २६ बालिका र ३३ बालक।
रौतहटमा २९ बालिका र ४४ बालक।
बारामा १९ बालिका र २४ बालक।
पर्सामा ३२ बालिका र ४१ बालक
दोलखा १० बालिका र ७ बालक
सिन्धुपाल्चोकमा ६ बालिका र ४ बालक
रसुवा १ बालिका
धादिङमा ९ बालिका १२ बालक
नुवाकोटमा १० बालिका र १५ बालक
काठमाडौंमा ७७४ बालिका र ११०६ बालक
भक्तपुरमा ९० बालिका र १४३ बालक।
ललितपुरमा १२५ बालिका र १८० बालक।
काभ्रेपलान्चोकमा ३० बालिका र ३० बालक
रामेछाप ५ बालक
सिन्धुलीमा ४ बालिका र ३ बालक
मकवानपुरमा २७ बालिका र ४२ बालक
चितवनमा ३३ बालिका र ९२ बालक
गोरखामा १८ बालिका र १७ बालक
मुस्ताङमा १ बालक
म्याग्दीमा १ बालिका २ बालक।
कास्कीमा ३६ बालिका ३८ बालक
लम्जुङमा ६ बालिका र १० बालक
तनहुँमा १२ बालिका र १३ बालक
नवलपरासी पूर्वमा २२ र बालिका ४२ बालक।
स्याङ्जामा ५ बालिका र १५ बालक
पर्वतमा ३ जना बालक
बाग्लुङमा १ बालिका र ८ जना बालक
रुकुम पुर्व १ बालक
रोल्पामा २ बालिका र १ बालक
प्युठानमा १५ बालिका र १३ बालक
गुल्मीमा १३ बालिका र १२ बालक
अर्घाखाँचीमा ११ बालिका र १५ बालक
पाल्पामा १७ बालिका र १४ बालक
नवलपरासी पश्चिममा १२ बालिका र १९ बालक
रुपन्देहीमा ८८ बालिका र १०७ बालक
कपिलवस्तुमा २३ बालिका र ३१ बालक
दाङमा २९ बालिका र २६ बालक
बाँकेमा ४२ बालिका र ४५ बालक
बर्दियामा १४ बालिका र २१ बालक
डोल्पामा २ बालक
मुगुमा २ बालक
हुम्लामा १ बालक
जुम्लामा ३ बालिका र ३ बालक
कालिकोटमा ३ बालिका र १२ बालक
दैलेखमा १२ बालिका र ४७ बालक
जाजरकोटमा ३ बालिका र १ बालक
रुकुम पश्चिममा ३ बालिका र २ जना बालक
सल्यानमा ६ बालिका र १५ बालक
सुर्खेतमा ४३ बालिका र ५२ बालक
बाजुरामा ३२ बालिका र ३२ बालक
बझाङमा ३३ बालिका र ५५ बालक
दार्चुला ५ बालिका ३ बालक
बैतडीमा १० बालिका र १२ बालक।
डडेल्धुरामा ७ बालिका र १७ बालक
डोटीमा ६४ बालिका र ८७ बालक
अछाममा ४१ बालिका र ७८ बालक
कैलालीमा ८१ बालिका र १२३ बालक
कञ्चनपुरमा २७ बालिका र २८ बालक।