काठमाडौं- लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बिहीबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
सत्यवती गाउँपालिका वडा न ६ गुल्मी निवासी ६२ वर्षिय कोरोना संक्रमित पुरुषको मुत्यु भएको छ।
उनको बिहीबार बिहान १२ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
उनी ज्वरो निमोनिया र श्वासप्रश्वासमा समस्या भई कार्तिक २३ गते अस्पतालमा भर्ना भएका थिए। उनको सोही दिन कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ।