काठमाडौं– पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा १ लाख ८५ हजार ६ सय ३८ जना संक्रमित उपचारपछि निको भएका छन्।
आज ९ हजार ८ सय ५ जना शंकास्पद व्यक्तीको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा १६ लाख ३३ हजार ५ सय ५९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ७६७ जना क्वारेन्टाइनमा छन्। नेपालमा २८ हजार १ सय ६ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।