काठमाडौं– पछिल्लो तथ्यांक अनुसार देशभर २५ हजारभन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन्।
बिहीबार २८ हजार १ सय ६ जना संक्रिय संक्रमित मध्य २५ हजार ३ सय ४७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा १६ हजार ८ सय ९८ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा २ हजार ९ सय ५४, प्रदेश २ मा ६५९, लुम्बिनी प्रदेशमा १८२६, सुदूरपश्चिम प्रदेशमा ९२३, गण्डकी प्रदेशमा १८९३ र कर्णाली प्रदेशमा १९४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।