काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बोडे बर्साइन- ३, सप्तरीकी ७१ वर्षीया महिला संक्रमितको बिहीबार राति साढे ८ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
हिजो नै अस्पतालमा भर्ना भएको उनलाई सोही दिन स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।