काठमाडौं– देशभर ४ सय ६६ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६३ जना भेन्टिलेटरमा र ४ सय ३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन ।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १७७ जना आइसियु र ३८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५९ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४८ जना आइसियु र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा १२ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ७ आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८८ आइसियु र १२ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १२ आइसियु उपचाररत रहेका छन्।
यसअघि बिहीबार ४ सय ४२, बुधबार ३ सय ८०, मंगलबार ३ सय ५६ जना आइसियु र भेन्टिलेरमा उपचारत रहेका थिए।
नेपालमा २ लाख १६ हजार ९ सय ६५ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये १ लाख ९१ हजार २ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार २ सय ९८ जनाको मृत्यु भएको छ।