समाचार

१९ हजार १४ जना कोरोना संक्रमित होम आइसोलेसनमा 

काठमाडौं– देशभर १९ हजार भन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्। 

शुक्रबार २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमितमध्ये १९ हजार १४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ११ हजार ३ सय ६२ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा २ हजार ६ सय १२, प्रदेश २ मा ६५८, लुम्बिनी प्रदेशमा १४७०, सुदूरपश्चिम प्रदेशमा ६७७, गण्डकी प्रदेशमा २१२० र कर्णाली प्रदेशमा ११५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने