समाचार

१७ हजार २०६ संक्रमित होम आइसोलेसनमा 

काठमाडौं- देशभर १७ हजार बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन्। २४ हजार ९ सक्रिय संक्रमितमध्ये १७ हजार २ सय ६ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ६ हजार ८ सय ३ जना मात्र संस्थागत आइसोलेसनमा छन्। 

होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। त्यहाँ मात्र ११ हजार ६ सय ४ जना होम आइसोलेसनमा छन्। बागमतीपछि प्रदेश १ मा सबैभन्दा २ हजार ६० जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रदेश २ मा ४ सय ७६, गण्डकीमा १ हजार १ सय ५३, लुम्बिनीमा १ हजार २ सय ४६, कर्णालीमा ६८ र सुदूरपश्चिम प्रदेशमा ५ सय ९९ जना होम आइसोलेसनमा छन्। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने