पूर्णबहादुर खड्का
अछाम- कोरोना भाइरसको संक्रमणपछि अछाम जिल्लामा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। जिल्लाको तुर्माखाँद गाँउपालिका अन्तर्गत रहफ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब कपिल श्रेष्ठको मृत्यु भएको हो।
कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी सिनियर अहेब श्रेष्ठको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा मृत्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ।
स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीका अनुसार श्रेष्ठ बिरामी भएर धनगढी गएको बेला उतै परिक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। कोरोना संक्रमणबाट मृत्यु हुने उनि जिल्लामा कार्यरत पहिलो स्वास्थ्यकर्मी हुन्।
जोशीका अनुसार जिल्लामा हाल २८ जना सक्रिय संक्रमित रहेका छन्। कमलबजार पिसिआर प्रयोगशालामा शनिबार भएको परिक्षणमा जिल्लाका थप २ जनामा कोरोना संक्रमण देखिएसंगै अछाममा कुल संक्रमितको संख्या भने १ हजार १ सय ६१ पुगेको छ।