काठमाडौं– आज देशभर ४२५ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचारत रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न कोभिड–१९ अस्पतालमा ३५९ जना संक्रमित आइसियु र ६६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।
प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशमा १४२ जना आइसियु र ३८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।
त्यसैगरी, प्रदेश १ मा ४५ जना आइसियु र ८ जना भेन्टिलेटरमा, प्रदेश २ मा ९ जना आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८६ जना आइसियु र १४ जना भेन्टिलेटरमा उपचाररत छन्।
लुम्बिनी प्रदेशमा ५८ जना आइसियुमा र ३ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा १२ जना आइसियुमा र सुदूरपश्चिम प्रदेशमा ७ जना संक्रमित भेन्टिलेटरमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।