काठमाडौं– आज देशभर १३ हजार ६१२ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ९ हजार २९ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।
त्यसैगरी, प्रदेश १ मा एक हजार ५३८, प्रदेश २ मा ३०९, गण्डकी प्रदेशमा एक हजार ३०, लुम्बिनी प्रदेशमा ७७१ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।
कर्णाली प्रदेशमा ९० जना र सुदूरपश्चिम प्रदेशमा ८४५ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।