काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चितवनस्थित भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेनको जिम्मेवारी डा जगन्नाथ तिवारीलाई दिएको छ।
मन्त्रालयले सोमबार मन्त्रिस्तरीय निर्णय अनुसार अस्पतालमै कार्यरत १०औं तहका चिकित्सक तिवारीलाई निमित्त मेसुको जिम्मेवारी दिएको हो।
मन्त्रालयका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि तिवारीलाई उक्त जिम्मेवारी दिइएको हो।
यसअघि मेसुको जिम्मेवारीमा डा राजन पाण्डे थिए। उनले तीन महिना पनि मेसुका रुपमा काम नगर्दै जिम्मेवारीबाट राजीनामा दिएका थिए।
आर्थिक अधिकारसहित निमित्त मेसुका जिम्मेवारी पाएका डा तिवारी अस्पतालको आकस्मिक विभाग प्रमुख समेत हुन्।