काठमाडौं– विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ९६ लाख नाघेको छ। बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड ९६ लाख ५८ हजार ३५ जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या एक करोड २५ लाख ८७ हजार ९ सय ९४ पुगेको छ। त्यस्तै भारतमा ९१ लाख ७७ हजार ८ सय ४०, ब्राजिलमा ६० लाख ८७ हजार ६ सय ८ र रुसमा २१ लाख २० हजार ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै पछिल्लो तथ्यांक अनुसार १४ लाख ६ हजार ६ सय ९७ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ५९ हजार ८ सय ६०, ब्राजिलमा १ लाख ६९ हजार ४ सय ८५, मेक्सीकोमा एक लाख १ हजार ९ सय २६, बेलायतमा ५५ हजार ९ सय ३५, इटालीमा ५१ हजार ३ सय ६ जनाको मृत्यु भएको छ ।
विश्वभर तीन करोड ८१ लाख ८१ हजार ९ सय २७ जना संक्रमणमुक्त भएका छन्।
बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५४ लाख ८१ हजार १ सय ८४, अमेरिकामा ४६ लाख ९६ हजार ६ सय ६४ , रुसमा १६ लाख २१ हजार ४ सय ६५ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि दुई लाख २४ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये दुइ लाख ४ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन् भने एक हजार ३ सय ६१ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ९१ लाख ७७ हजार ८ सय ४० पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३४ हजार २ सय १८ पुगेको छ। भारतमा हालसम्म ८६ लाख ४ हजार ९ सय ५५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ७९ हजार ८ सय ८३ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ७ हजार ७ सय ४४ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ३१ हजार ७ सय ६० जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ५१ हजार ९ सय ९० पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार ४ सय ४८ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ६६ हजार ८ सय ७७ छ।
अफ्गानिस्तानमा संक्रमितको संख्या ४५ हजार २ सय ८० पुगेको छ। अफगानिस्तानमा १ हजार ७ सय १२ जनाको मृत्यु भइसकेको छ भने ३६ हजार १ सय २२ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ८ सय १० जना रहेको छ। मृत्यु हुनेको संख्या ४६ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ६ सय ६० पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या २० हजार ९ सय ६७ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ९४ छ भने निको हुनेको संख्या १४ हजार ९ सय ६२ रहेको छ।
भुटानमा संक्रमितको संख्या ३८६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३६३ छ।