काठमाडौं– विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड २ लाख नाघेको छ। बिहीबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ६ करोड २ लाख ५८ हजार ८ सय १५ जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या एक करोड २७ लाख ६५ हजार ३९ पुगेको छ। त्यस्तै भारतमा ९२ लाख २२ हजार २ सय १६, ब्राजिलमा ६१ लाख १८ हजार ७ सय ८ र रुसमा २१ लाख ४४ हजार २ सय २९ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै पछिल्लो तथ्यांक अनुसार १४ लाख १८ हजार ६ सय ४० जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ६२ हजार ९०, ब्राजिलमा १ लाख ७० हजार १ सय १५, मेक्सीकोमा एक लाख १८ हजार ६ सय ४०, बेलायतमा ५६ हजार ६ सय ३०, इटालीमा ५२ हजार २८ जनाको मृत्यु भएको छ ।
विश्वभर तीन करोड ८६ लाख २५ हजार ६ सय ३७ जना संक्रमणमुक्त भएका छन्।
बिहीबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५५ लाख ९ हजार ६ सय ४५, अमेरिकामा ४८ लाख ३५ हजार ५ सय ४५ , रुसमा १६ लाख ४६ हजार ७ सय ३७ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि दुई लाख २६ हजार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये दुइ लाख ७ हजार ९ सय ९८ जना संक्रमणमुक्त भएका छन् भने एक हजार ३ सय ८९ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ९२ लाख २२ हजार २ सय १६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३४ हजार ६ सय ९९ पुगेको छ। भारतमा हालसम्म ८६ लाख ४२ हजार ७ सय ७१ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ८२ हजार ८ सय ९२ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ७ हजार ८ सय ३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ३२ हजार ९ सय ७४ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ५४ हजार १ सय ४६ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार ४ सय ८७ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ६९ हजार १ सय ७९ छ।
अफ्गानिस्तानमा संक्रमितको संख्या ४५ हजार ४ सय ९० पुगेको छ। अफगानिस्तानमा १ हजार ७ सय २५ जनाको मृत्यु भइसकेको छ भने ३६ हजार १ सय ४५ जना उपचारपछि निको भएका छन्।
माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ८ सय ५४ जना रहेको छ। मृत्यु हुनेको संख्या ४६ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ६ सय ८१ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या २१ हजार ४ सय ६९ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ९६ छ भने निको हुनेको संख्या १५ हजार ४ सय ४७ रहेको छ।
भुटानमा संक्रमितको संख्या ३८६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३६३ छ।