काठमाडौं– लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बुटवल उपमहानगरपलीका–९ रुपन्देही निवासी ८५ वर्षीया महिला र पाणिनी गाउँपालिका–५ अर्घाखाँची निवासी ७५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।
८५ वर्षीया महिलाको बिहीबार बिहान २ः४३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
उनी कात्तिक १४ गते कोरोना पोजेटिभ आएको थियो। ज्वरो निमोनिया र श्वासप्रशवासमा समस्या देखिएपछि उनलाई कात्तिक २८ गते अस्पतालमा भर्ना गरिएको थियो। उनी मधुमेहको बिरामी पनि थिइन्।
त्यस्तै अर्घाखाँचीका ७५ वर्षीया पुरुषको बिहीबार बिहान ६ः२१ मा उपचारका क्रममा मृत्यु भएको हो।
उनको मंसिर ४ गते कोरोना पोजेटिभ आएको थियो। उनी ज्वरो निमोनिया र श्वासप्रश्वासमा समस्या भई मंसिर ४ गते अस्पतालमा भर्ना भएका थिए। उनी मुटुका बिरामी थिए।