काठमाडौं– देशभर १० हजार ५ सयभन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्।
बिहीबार १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमितमध्ये १० हजार ५ सय ७५ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ६ सय १९ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा १४५९, प्रदेश २ मा २८३, लुम्बिनी प्रदेशमा ३४४, सुदूरपश्चिम प्रदेशमा २४३, गण्डकी प्रदेशमा ५७० र कर्णाली प्रदेशमा ५७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।