काठमाडौं– पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा २ लाख १० हजार ६ सय ७१ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ९१ दशमलब ९ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन्।
मन्त्रालयका अनुसार १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १७ लाख १० हजार ४ सय ६० जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ६ सय १ जना क्वारेन्टाइनमा छन्। नेपालमा १७ हजार २ सय ३७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।