काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र स्वास्थ्य मन्त्रालयका महामारी विज्ञ डा बसुरेश तिवारीले नेपाल एपीएफ अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीलाई भेटेर स्वास्थ्य उपचारसम्बन्धी जानकारी लिएका छन्।
शुक्रबार उनीहरुले स्वास्थ्य मापदण्ड पूरा गर्दै अस्पताल पुगेर जानकारी लिएका हुन्।
उनीहरुले आइसीयु, एचसीयु, भेन्टिलेटर तथा जनरल वार्डमा पुगेर त्यहाँ भइरहेको उपचारबारे जानकारी, परामर्श तथा भेटघाट गरेका हुन्।

