काठमाडौं– पछिल्लो २४ घण्टामा थप ५१५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा २ लाख ११ हजार १ सय ८६ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ९१ दशमलब ५३ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ३ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १७ लाख १९ हजार ८ सय २८ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार देशभर ६ सय १८ जना क्वारेन्टाइनमा छन्। नेपालमा १८ हजार ८३ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।