काठमाडौं - देशभर हाल १२ हजार बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन्। कुल १८ हजार ८३ जना सक्रिय संक्रमितमध्ये १२ हजार ५ सय ४६ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ५ हजार ५ सय ३७ जना संस्थागत आइसोलेसनमा छन्।
सबैभन्दा धेरै संक्रमित बागमती प्रदेशमा होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। बागमती प्रदेशमा मात्र ८ हजार ५ सय ६५ जना संक्रमित होम आइसोलेसनमा छन्।
यस्तै, प्रदेश १ मा १ हजार ६ सय २९, प्रदेश २ मा ३ सय ५४, गण्डकीमा १ हजार ३, लुम्बिनीमा ६ सय ५३, कर्णालीमा ८३ र सुदुरपश्चिम प्रदेशमा २ सय ५९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।