काठमाडौं–विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड २१ लाख नाघेको छ। आइतबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ६ करोड २१ लाख ४७ हजार ८ सय ७४ जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या एक करोड ३२ लाख ३३ हजार ८ सय ८४ पुगेको छ। त्यस्तै भारतमा ९३ लाख ५१ हजार १ सय ९, ब्राजिलमा ६२ लाख ९० हजार २ सय ७२ र रुसमा २२ लाख २३ हजार ५ सय जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै पछिल्लो तथ्यांक अनुसार १४ लाख ५० हजार ३ सय २६ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ६६ हजार ९ , ब्राजिलमा १ लाख ७२ हजार ५ सय ६१, मेक्सीकोमा एक लाख ४ हजार २ सय ४२, बेलायतमा ५८ हजार १ सय २७, इटालीमा ५४ हजार ३ सय ६३ जनाको मृत्यु भएको छ ।
विश्वभर तीन करोड ९७ लाख ५५ हजार २ सय ८७ जना संक्रमणमुक्त भएका छन्।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५५ लाख ८१ हजार ४ सय ३६, अमेरिकामा ५० लाख २३ हजार ६३ , रुसमा १७ लाख २४ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि दुई लाख ३० हजार ७ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये दुइ लाख ११ हजार १ सय ८६ जना संक्रमणमुक्त भएका छन् भने एक हजार ४ सय ५४ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ९३ लाख ५१ हजार १ सय ९ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३६ हजार २ सय पुगेको छ। भारतमा हालसम्म ८७ लाख ५९ हजार ९ सय ६९ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ९२ हजार ३ सय ५६ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ७ हजार ९ सय ४२ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ३७ हजार ३ सय ५३ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ६० हजार ६ सय १९ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार ५ सय ८० जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ७५ हजार ८ सय ८४ छ।
अफ्गानिस्तानमा संक्रमितको संख्या ४५ हजार ९ सय ३६ पुगेको छ। अफगानिस्तानमा १ हजार ७ सय ५२ जनाको मृत्यु भइसकेको छ भने ३६ हजार ७ सय ९ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २२ हजार ९ सय ८८ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १०९ छ भने निको हुनेको संख्या १६ हजार ६ सय ५६ रहेको छ।
माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ९ सय ४७ जना रहेको छ। मृत्यु हुनेको संख्या ४६ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ७ सय ८१ पुगेको छ ।
भुटानमा संक्रमितको संख्या ३९५ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३७२ छ।