काठमाडौं- नेपाल स्वायंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १६४ औं पटक रक्तदान गरेका छन्। नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गर्ने कर्मचार्यले शनिबार दोलखामा १६४ औं पटक रक्तदान गरेका हुन्।
नेपाली कांग्रेसका नेता स्व. भिम बहादुर तमाङको ८ औं स्मृति दिवसको अवसरमा नेपाल यातायात मजदुर संघको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखा जिल्ला शाखा र नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको समन्वयमा शनिबार दोलखामा रक्तदान कार्यक्रम आयोजना भएको थियो।
भिमेश्वर नगरपालिका वडा नं ६ मा आयोजित सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी, अतिथिहरूमा नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखा सभापति गोकर्ण प्रसाद पोखरेल,नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखाका जिल्ला शाखा अध्यक्ष श्याम गौतम लगायतको उपस्थिति थियो।
यातायात मजदुर संघका अध्यक्ष कृष्ण खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा रक्तदाताहरुलाई कर्माचार्यले प्रमाणपत्र वितरण गरेका थिए।