काठमाडौं–विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड २६ लाख नाघेको छ। सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ६ करोड २६ लाख ६६ हजार ५ सय ४ जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या एक करोड ३३ लाख ७४ हजार १ सय ६२ पुगेको छ। त्यस्तै भारतमा ९३ लाख ९२ हजार ९ सय १९, ब्राजिलमा ६३ लाख १४ हजार ७ सय ४० र रुसमा २२ लाख ४९ हजार ८ सय ९० जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै पछिल्लो तथ्यांक अनुसार १४ लाख ५८ हजार ३ सय ३३ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ६६ हजार ८ सय ३८ , ब्राजिलमा १ लाख ७२ हजार ८ सय ३३, मेक्सीकोमा एक लाख ५ हजार ४ सय ५९, बेलायतमा ५८ हजार ३ सय ४२, इटालीमा ५४ हजार ९ सय ४ जनाको मृत्यु भएको छ ।
विश्वभर चार करोड ६९ हजार ४ सय ८३ जना संक्रमणमुक्त भएका छन्।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५५ लाख ८१ हजार ४ सय ३६, अमेरिकामा ५० लाख ६५ हजार ३०, रुसमा १७ लाख ४६ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि दुई लाख ३१ हजार ९ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये दुइ लाख १२ हजार ५ सय ९० जना संक्रमणमुक्त भएका छन् भने एक हजार ४ सय ७९ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ९३ लाख ९२ हजार ९ सय १९ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३६ हजार ६ सय ९६ पुगेको छ। भारतमा हालसम्म ८८ लाख २ हजार २ सय ६७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ९५ हजार १ सय ८५ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ७ हजार ९ सय ८५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ३९ हजार ८ सय १० जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ६२ हजार ४ सय ७ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार ६ सय ९ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ७८ हजार १ सय ७२ छ।
अफ्गानिस्तानमा संक्रमितको संख्या ४६ हजार २ सय १५ पुगेको छ। अफगानिस्तानमा १ हजार ७ सय ६३ जनाको मृत्यु भइसकेको छ भने ३६ हजार ७ सय ३१ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २३ हजार ४ सय ८४ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११६ छ भने निको हुनेको संख्या १७ हजार २ रहेको छ।
माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ९ सय ९४ जना रहेको छ। मृत्यु हुनेको संख्या ४६ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ९ सय २ पुगेको छ ।
भुटानमा संक्रमितको संख्या ३९६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३७३ छ।