काठमाडौं - काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालले ल्याप्रोस्कोपिक प्रविधि मार्फत एक महिलाको चार किलो सिस्ट निकालेको छ।
वरिष्ठ स्त्री रोग विशेषज्ञ डा रंगीना लाईकमबमको नेतृत्वमा गरिएको शल्यक्रिया मार्फत चार किलो तौल बराबरको डर्मोइड सिस्ट निकालेको हो। उक्त शल्यक्रिया यही मंसिर ३ गते गरिएको थियो।
बिना चिरफार दूरबिनको माध्यमबाट गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपिक भनिन्छ। यस प्रविधिबाट गरिएको शल्यक्रियाका बिरामीहरु धेरै समय अस्पतालमा बस्नु नपर्ने अस्पतालले जनाएको छ।