काठमाडौं–विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ३१ लाख नाघेको छ। मंगलबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ६ करोड ३१ लाख ८२ हजार १९ जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या एक करोड ३५ लाख २९ हजार ९ सय ६१ पुगेको छ। त्यस्तै भारतमा ९४ लाख ३१ हजार ६ सय ९१, ब्राजिलमा ६३ लाख ३५ हजार ८ सय ७८ र रुसमा २२ लाख ७५ हजार ९ सय ३६ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै पछिल्लो तथ्यांक अनुसार १४ लाख ६६ हजार ७ सय ४१ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ६७ हजार ९ सय ६९, ब्राजिलमा १ लाख ७३ हजार १ सय २०, मेक्सीकोमा एक लाख ५ हजार ६ सय ५५, बेलायतमा ५८ हजार ५ सय ४५, इटालीमा ५५ हजार ५ सय ७६ जनाको मृत्यु भएको छ ।
विश्वभर चार करोड ४ लाख ७५ हजार २ सय २० जना संक्रमणमुक्त भएका छन्।
मंगलबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५५ लाख ९७ हजार ८ सय २, अमेरिकामा ५१ लाख ४६ हजार ३ सय १९, रुसमा १७ लाख ६३ हजार ४ सय ९३ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि दुई लाख ३३ हजार ४ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये दुइ लाख १४ हजार ५ सय २१ जना संक्रमणमुक्त भएका छन् भने एक हजार ५ सय ४१ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ९४ लाख ३१ हजार ६ सय ९१ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३७ हजार १ सय ३९ पुगेको छ। भारतमा हालसम्म ८८ लाख ४७ हजार ६ सय जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ३ लाख ९८ हजार २४ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ८ हजार २५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ४१ हजार ४ सय २३ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार ९ सय ३२ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार ६ सय ४४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ८० हजार ७ सय ११ छ।
अफ्गानिस्तानमा संक्रमितको संख्या ४६ हजार ४ सय ९८ पुगेको छ। अफगानिस्तानमा १ हजार ७ सय ७४ जनाको मृत्यु भइसकेको छ भने ३६ हजार ७ सय ८८ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २३ हजार ९ सय ८७ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११८ छ भने निको हुनेको संख्या १७ हजार ५सय ६० रहेको छ।
माल्दिभ्समा संक्रमितको संख्या १३ हजार ११ जना रहेको छ। मृत्यु हुनेको संख्या ४६ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ९ सय ३९ पुगेको छ ।
भुटानमा संक्रमितको संख्या ३९६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३७७ छ।