काठमाडौं–विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ३७ लाख नाघेको छ। बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ६ करोड ३७ लाख ५८ हजार ८ सय ८५ जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या एक करोड ३७ लाख ९ हजार ४ सय ५२ पुगेको छ। त्यस्तै भारतमा ९४ लाख ६२ हजार ८ सय ९, ब्राजिलमा ६३ लाख ८६ हजार ७ सय ८७ र रुसमा २३ लाख २ हजार ६२ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै पछिल्लो तथ्यांक अनुसार १४ लाख ७८ हजार ४५ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ७० हजार ४ सय ८१ , ब्राजिलमा १ लाख ७३ हजार ८ सय १७, मेक्सीकोमा एक लाख ५ हजार ९ सय ४०, बेलायतमा ५९ हजार १ सय ४८, इटालीमा ५६ हजार ३ सय ६१ जनाको मृत्यु भएको छ ।
विश्वभर चार करोड ९ लाख ४६ हजार ३ सय ६२ जना संक्रमणमुक्त भएका छन्।
बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५७ लाख १२ हजार ३ सय ५, अमेरिकामा ५२ लाख २६ हजार ५ सय ८१, रुसमा १७ लाख ८७ हजार ९ सय ६२ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि दुई लाख ३४ हजार ७ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये दुइ लाख १६ हजार ५ सय ९४ जना संक्रमणमुक्त भएका छन् भने एक हजार ५ सय २९ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ९४ लाख ६२ हजार ८ सय ९ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३७ हजार ६ सय २१ पुगेको छ। भारतमा हालसम्म ८८ लाख ८९ हजार ५ सय ८५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ४ लाख ४ सय ८२ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ८ हजार ९१ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ४३ हजार २ सय ८६ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ६७ हजार २ सय २५ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार ६ सय ७५ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ८३ हजार २ सय २४ छ।
अफ्गानिस्तानमा संक्रमितको संख्या ४६ हजार ७ सय १७ पुगेको छ। अफगानिस्तानमा १ हजार ७ सय ९७ जनाको मृत्यु भइसकेको छ भने ३६ हजार ९ सय ७ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २४ हजार ५ सय ३२ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२२ छ भने निको हुनेको संख्या १७ हजार ८ सय १७ रहेको छ।
माल्दिभ्समा संक्रमितको संख्या १३ हजार ४९ जना रहेको छ। मृत्यु हुनेको संख्या ४७ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ९ सय ६८ पुगेको छ ।
भुटानमा संक्रमितको संख्या ४१० पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३८१ छ।