काठमाडौं–विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ४४ लाख नाघेको छ। बिहीबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ६ करोड ४४ लाख ४७ हजार ६ सय ५७ जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या एक करोड ३९ लाख १५ हजार २ सय ८६ पुगेको छ। त्यस्तै भारतमा ९४ लाख ९९ हजार ४ सय १३, ब्राजिलमा ६४ लाख ३६ हजार ६ सय ५० र रुसमा २३ लाख २७ हजार १ सय ५ जनामा ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै पछिल्लो तथ्यांक अनुसार १४ लाख ९१ हजार ५ सय २५ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ७३ हजार ३ सय, ब्राजिलमा १ लाख ७४ हजार ५ सय १५, मेक्सीकोमा एक लाख ६ हजार ७ सय ६५, बेलायतमा ५९ हजार ७ सय ९६, इटालीमा ५७ हजार ४७ जनाको मृत्यु भएको छ ।
विश्वभर चार करोड १४ लाख ३८ हजार ९ सय ४५ जना संक्रमणमुक्त भएका छन्।
बिहीबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५७ लाख ५९ हजार २ सय ९४, अमेरिकामा ५३ लाख २२ हजार १ सय २८, रुसमा १८ लाख १४ हजार ४ सय ४२ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि दुई लाख ३६ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये दुइ लाख १८ हजार १ सय ६१ जना संक्रमणमुक्त भएका छन् भने एक हजार ५ सय ३८ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ९४ लाख ९९ हजार ४ सय १३ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३८ हजार १ सय २२ पुगेको छ। भारतमा हालसम्म ८९ लाख ३२ हजार ६ सय ४७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ४ लाख ३ हजार ३ सय ११ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ८ हजार १ य ६६ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ४५ हजार ३ सय ६५ जना उपचारपछि निको भएका छन्।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ६९ हजार ४ सय ३२ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार ७ सय १३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ८५ हजार ७ सय ८६ छ।
अफ्गानिस्तानमा संक्रमितको संख्या ४६ हजार ९ सय ८० पुगेको छ। अफगानिस्तानमा १ हजार ८ सय २२ जनाको मृत्यु भइसकेको छ भने ३७ हजार २६ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २५ हजार ४ सय १० जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२४ छ भने निको हुनेको संख्या १८ हजार ३ सय ४ रहेको छ।
माल्दिभ्समा संक्रमितको संख्या १३ हजार ७० जना रहेको छ। मृत्यु हुनेको संख्या ४७ छ भने उपचारपछि निको हुनेको संख्या १२ हजार १ पुगेको छ ।
भुटानमा संक्रमितको संख्या ४१० पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३८६ छ।