काठमाडौं– पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा २ लाख २१ हजार ८ सय ४७ जना संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयका अनुसार ८ हजार ३१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १७ लाख ७१ हजार ९ सय ५० जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ५ सय ३७ जना क्वारेन्टाइनमा छन्। नेपालमा १५ हजार ४ सय ४७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।