काठमाडौं– देशभर ८ हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
आइतबार १३ हजार ५ सय ८२ जना संक्रिय संक्रमित मध्य ८ हजार ४ सय ७० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ८ सय ३१ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा १३६१, प्रदेश २ मा १८६, लुम्बिनी प्रदेशमा १२७३, सुदूरपश्चिम प्रदेशमा ५७०, गण्डकी प्रदेशमा १६४ र कर्णाली प्रदेशमा ७६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।