काठमाडौं- चिकित्सा शिक्षातर्फ स्नातकोत्तर (पिजी)को परीक्षा दिएका चिकित्सकहरुले दुर्गम कार्यअनुभवको अंकभारको लागी पेश गरिएका शंकास्पद फर्जी कागजातको उचित छानबिन हुनुपर्ने माग राखेका छन्।
उनीहरुले आज चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, सदस्य सचिव र परीक्षा समितिका निर्देशकलाई छानबिनका लागि निवेदन समेत दर्ता गरेका छन्।
आयोगले म्याचिङ अगावै सम्पुर्ण दुर्गमको अंक पाएका कार्यअनुभवको उचित छानबिन हुने प्रतिबद्धता जनाएको पनि उनीहरुले जानकारी दिए।
पिडित चिकित्सकहरुले आयोगले गरेका प्रतिबद्धता कार्यान्वयन नगरी आवश्यक आवश्यक छानबिन बिना नै म्याचिङको प्रक्रिया अगाडि बढाए कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।
राज्यको नीतिनियमका आधारमा कुनै अनियमिता बिना योग्यताक्रम कायम गरि योग्य उम्मेद्वारले पढ्न पाउनुपर्ने उनीहरुले माग गरेका छन्।
न्यायका लागि सबैलाई साथ दिन समेत उनीहरुले अनुरोध गरेका छन्।