काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रदयेश त्रिपाठीले स्वास्थ्य सेवा विभाग र अस्पतालका पाँच निर्देशकको जिम्मेवारी हेरफेर गरेका छन्।
मन्त्री त्रिपाठीले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागका र अस्पतालका पाँच निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन्।
कान्ति बाल अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेललाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ल्याइएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। महाशाखाका निर्देशक डा बासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालयका तानिएको छ।
कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डा आरपी बिच्छालाई दिइएको प्रवक्ता गौतमले जानकारी दिए।
यस्तै, स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा डा मदन उपाध्यायलाई पठाइएको छ। डा रमेश खरेललाई विभाग अन्तर्गत रहने गरी जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ।