काठमाडौं- नेपाललाई भारत सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार मध्यान्ह १२ बजे एयर इन्डियाको विमानमा १० लाख डोज खोप नेपाल अवतरण गराइएको हो।
भारत सरकारले नेपाललाई पहिलो चरणमा अनुदान स्वरुप उपलब्ध गराएको १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप नेपाल अवतरण गराइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्दको खोप अभियान सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। सरकारले ७७ जिल्लामा एकसाथै खोप अभियान सुरु गर्ने गरी तयारी गरिरहेको छ।
विमानस्थलमा खोप बुझ्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी लगायत स्वास्थ्य मन्त्रालयको टोली विमानस्थलमा पुगिसकेको छ।
उक्त खोप नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण गर्दैछन्।