काठमाडौं - त्रिशुली अस्पताललाई मेरी स्टोप्स संस्थाले एम्बुलेन्स हस्तान्तरण गरेको छ। मेरी स्टोप्सले नुवाकोट छोड्ने क्रममा त्रिशुली अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।
एम्बुलेन्स पाएसँगै त्रिशुली अस्पतालले अबदेखि आफ्नै एम्बुलेन्स सेवा सञ्चालन गर्ने अस्पतालका मेडिकल सुपरिटण्डेन्ट डा दीपेन्द्र पाण्डले बताए। ग वर्गको उक्त एम्बुलेन्सलाई ख वर्ग को एम्बुलेन्समा स्तरोन्नति गरी सञ्चालन गरिने उनले जानकारी दिए।
अस्पताल आफ्नै एम्बुलेन्स नहुँदा गम्भीर खालका बिरामीलाई रिफर गर्न समस्या हुने गरेको उनले बताए। स्थापना भएको ५६ वर्षपछि मात्र त्रिशुली अस्पतालमा आइसियु सञ्चालन भएको थियो। हाल दैनिक करिब २ सय बिरामी उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ।