काठमाडौं - गत २४ घण्टामा ३ हजार २ सय १८ जनाको पिसिआर परीक्षण गर्दा १ सय १० जनामा कोरोना पुष्टि भएको छ। याेसँगै नेपालमा २ लाख ७३ हजार ६६६ जनामा कोरोना पुष्टि भइसकेकाे छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ४६ हजार ५ सय ३३ पुगेको छ।
गत २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ। हाल ६५ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा १०२ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै, देशभर हाल ५८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ४६ जना आइसियु र १२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
हालसम्म देशभरका १६५ खाेप केन्द्रबाट ४ लाख २८ हजार ९२४ जनाले काेभिड-१९ विरुद्धकाे खाेप लगाएका छन्।