काठमाडौं - नेपालमा आज थप ३ लाख ४८ हजार डोज कोभिड १९ विरुद्धको खोप आएको छ। कोभ्याक्स फ्यासिलिटी अन्तर्गत नेपालले निशुल्क रुपमा उक्त खोप पाएको हो।
खोप लिन स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। कोभ्याक्सले नेपालको खोप लगाउने जनसंख्यामध्ये २० प्रतिशतलाई पुग्ने गरी एक करोड ३० लाख डोज खोप उपलब्ध गराउनेछ।
उक्त खोपमध्ये पहिलो चरणमा आज ३ लाख ४८ हजार डोज खोप नेपाल आएको हो। विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसार खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।