काठमाडौं- नेपाल नेफ्रोलोजी सोसाइटीमा नयाँ कार्यसमिति चयन भएको छ। सोसाइटीको शुक्रबार भएको साधारण सभाबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन भएका हुन्।
निर्वाचन समिति संयोजक डा ऋषिकुमार काफ्लेका अनुसार डा प्रमोद कुमार क्षेत्रकी अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। उपाध्यक्षमा डा दिव्या सिंह शाह, महासचिवमा डा रजनी हाडा, सहसचिवमा डा धिरज नारायण मानन्धर र कोषाध्यक्षमा डा महेश राज सिग्देल चयन भएका छन्।
यसैगरी, कार्यकारी सदस्यहरुमा डा राजेन्द्र कुमार अग्रवाल, डा अरुण शर्मा, डा लक्ष्मण अधिकारी, डा कल्पना श्रेष्ठ, डा प्रकाश पौडेल, डा शैलेन्द्र श्रेष्ठ, डा मुकुन्द प्रसाद काफ्ले र डा अभिषेक मास्के चयन भएका छन्।