काठमाडौं- कोरोना संक्रमणका कारण अस्पताल जान नसकेका वा संक्रमित भई घरमा बसेका व्यक्तिका लागि नेपाल हेल्थ कर्प्सले टेलिमेडिसिन सेवा संचालन गरेको छ।
कोरोनाको पहिलो लहरदेखि अस्पताल आउन नसक्ने व्यक्तिहरुका टेलिफोनबाट स्वास्थ्य परामर्श दिने काम गर्दै आएको छ।
कोभिडका कारण सामान्य स्वास्थ्य समस्याका लागि अस्पताल जान नसक्नेहरुका लागि टेलिमेडिसिन सेवा सुरु गरेको नेपाल हेल्थ कर्प्सका कार्यकारी निर्देशक डाक्टर प्रदिस पौडेलले बताए।
हरेक व्यक्तिले घरमै बसीबसी चिकित्सकसँग निःशुल्क परामर्श लिन सक्नेछन। चिकित्सकको नाम, विशेषज्ञता र सम्पर्क नम्बर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै गरेको पनि उनले बताए।
नेपाल हेल्थ कर्प्सको फेसबुक पेजमा दिइएका फोन नम्बरहरुमा कल गरेर जोकोहिले पनि चिकित्सकसँग आफ्ना स्वास्थ्य समस्या सजिलै राख्न सक्ने बताइएको छ।
यसो गर्दा संक्रमणको जोखिम हुनुका साथै चिकित्सकसंग सजिलै निःशुल्क परामर्श समेत लिन सकिने कार्यकारी निर्देशक पौडेलले बताए।
विभिन्न प्रविधिको प्रयोग गरेर भौगोलिक दूरीका बाबजुद पनि बिरामीले चिकित्सकसँग परामर्श लिन सक्ने विधिलाई नै टेलिमेडिसिन भनिन्छ। सामान्यता टेलिफोनकलदेखि भिडियो मिटिङसमेत प्रविधि टेलिमेडिसिनमा प्रयोग हुन सक्छ ।
प्रोजेक्ट टेलीमेडिसिन डाक्टर अरुण लामाको नेतृत्वमा नेपाल हेल्थ कर्प्सले नेपालमा कोभिडको पहिलो लहर सुरु हुँदा बाट निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ।
कार्यकारी निर्देशक पौडेलका अनुसार वर्तमान अवथामा प्रोजेक्ट टेलीमेडिसिन अन्तर्गत नेपालका विभिन्न क्षेत्रबाट २५ विशेषज्ञ डाक्टर सहित ३८ मेडीकल अफिसरहरुको टोलीले निरन्तर रुपमा सेवा प्रदान गर्दै आइरहेका छन्।
यो प्रोजेक्टमा अहिले कोभिड हटलाईन समेत सुचारु गरिदै आइएको छ। हटलाईन नम्बरमा फोन गरेर कोभीड बिरामीले परामर्श लिन सक्ने छन्।
उनका अनुसार विशेषज्ञ डाकटरहरुले दीर्घकालीन रोगीहरुलाई परामर्श दिने पनि दिइरहेका छन्। संस्थाले विभिन्न क्षेत्रमा क्षत्रिय कोडीनेटरहरुले स्वास्थ्य परामर्सका साथै कोभिड बिरामीका अक्सिजन, बेडको लागि सहजीकरण गर्ने काम समेत गर्दै आएको छ।
समयसमयमा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री(पिपिई) समेत वितरण गर्दै आएको कार्यकारी निर्देशक पौडेलले बताए।