काठमाडौं- चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत डा सदिना श्रेष्ठको निधन भएको छ।
फोक्सोको क्यान्सरकी बिरामी श्रेष्ठको आज मंगलबार साझ ६ बजे उपचारका क्रममा निधन भएको अस्पतालका कन्सलटेन्ट डाक्टर अनिल विक्रम कार्कीले जानकारी दिए।
डा श्रेष्ठ अंको प्याथोलोजिष्ट हुन्। उनी १५ वर्षभन्दा लामो समयदेखि अस्पतालमा कार्यरत थिइन्।