काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई कोभिड प्रकोपबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
प्रतिनिधि सभामा विश्वासको मत लिन प्रस्ता पेस गर्ने क्रममा प्रधानमन्त्री देउवाले जनतालाई कोभिड-१९ को प्रकोपबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता हुने बताए।
'सरकारले कोभिड रोकथामका लागि सबै उपाय अवलम्बन गर्ने छ भन्ने विश्वास दिलाउन चाहन्छु', देउवाले भने। उनले अहिले मुलुक जटिताको स्थितिमा रहेको र कोभिडले प्रभावित भएको बताए।
प्रधानमन्त्री देउवाले पटक पटक प्रतिनिधि सभाको विघटनका कारण देशका केही समय राजनीतिक अन्योलताको स्थिति भोग्नुपरेको बताए।