काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्ति तथा विदेशीतर्फको म्याचिङ हुने सिटमा सार्वजनिक गरेको पूर्वमनोनयनको सूचीमा उजुरी परेको छ।
आयोगले छात्रवृत्ति, आरक्षण तथा विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्व मनोनयनसम्बन्धी सूची सोमबार प्रकाशित गरेको थियो। उक्त सूचीमा उजुरी परेपछि आयोगले मंगलबार सूचना प्रकाशित गर्दै छानबिन गर्ने र सूची परिवर्तन हुनसक्ने जनाएको छ।
'पूर्व मनोनयनको सूची सम्बन्धमा उजुरीहरु पर्न आएका र ती उजुरीहरु उपर छानबिन भइरहेकाले पूर्व मनोनयनको सूचीमा छानबिन पश्चात परिवर्तन हुन सक्ने हुँदा आवेदकलाई आफ्नो मञ्जुरी स्वीकार वा अस्वीकार गर्ने अवसर सहित पुन: सूची प्रकाशन हुने जानकारी गराइन्छ', आयोगद्वारा जारी सूचनामा भनिएको छ।
![](https://swasthyakhabar.com/uploads/editor/2021-08-14/mec-notic.jpeg)